दमक ६ माघ
विदेशमा उच्च शिक्षा अध्ययनका लागि परामर्श दिदै आएको दमक क्याम्ब्रिजले क्यानाडा पढ्न जानका लागि यहि माघ ८ गते निशुल्क शैक्षिक परामर्श कार्यक्रमको आयोजना गर्ने भएको छ ।
विगत एक दशकदेखि क्यानाडा, यूके, अष्ट्रिलया, न्यूजील्याण्ड, अमेरिका, दक्षिण कोरिया लगायतका देशका उत्कृष्ठ कलेजहरुमा उच्चशिक्षाका लागि परामर्श सेवा दिदैआएको यस क्याम्ब्रिजले माघ ८ गते दमक र उर्लावारी शाखा कार्यालयमा एकैदिन परामर्श कार्यक्रमको आयोजना गर्ने तयारी गरेको हो ।
संस्थाले पत्रकार सम्मेलन गरि लामोसमयपछि दमकमा हुन लागेको यस किसिमको परामर्श कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको क्याम्ब्रिज दमक शाखाका प्रमुख निश्चल सिम्खडाले बताए ।
उनका अनुसार दमक ५ वेलडाँगी रोडको आफनै कार्यालयमा हुने सो कार्यक्रममा क्यानाडाबाट विभिन्न यूनिभरसिटी तथा कलेजकी प्रतिनिधि तारा गुरुङले सहजीकरण गर्ने छिन् । दमकमा विहान ९ देखि १२ वजेसम्म र सोहि दिन उर्लावारी शाखामा दिनको १ देखि ४ वजेसम्म सहभागि अभिभावक तथा विद्यार्थीहरुलाई क्यानाडामा उच्च शिक्षा जान चाहनेका लागि जानकारीमूलक परामर्श दिने उनले बताएका छन् । शैक्षिक परामर्श शिविरमा क्यानाडाको यूनिभरसिटी तथा कलेजहरुको विषयमा अध्ययन तथा त्यसका लागि आवश्यक प्रकृयाका विषयमा समेत प्रत्यक्ष अन्तरकृया गर्न सकिने क्याम्ब्रिज दमकका शाखा प्रमुख सिम्खडाले बताए ।
यसैगरि, सोहि परामर्श शिविर विर्तामोडमा पनि सञ्चालन गरिने तयारी गरिएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय