विजय धिमाल

उर्लाबारी २० चैत 
मोरङको उर्लाबारीमा स्थापित अभिभावकको पहिलो रोजाईमा सप्तकोशी इङ्लिस बोर्डिङ पर्न जान्छ । पढाईमात्रै नभएर हरेक क्रियाकलापमा पनि आफुलाई अब्बल सावित गर्दै आइरहेको छ ।यसै विद्यालयमै विद्यार्थी भर्ना गर्नु पर्ने कारण किन रु भन्ने प्रश्नगर्दा विद्यालयका संस्थापक प्रिन्सिपल लेखनाथ भट्टराई भन्नुहुन्छ,‘
जे जस्तो पढाइको अवस्था छ, त्यसका बारेमा अभिभावकलाई खुलस्त जानकारी गराउँछौं, हामी जे हो त्यहीमात्रै गछौं र भन्छौं ।’ स्थापनाकालदेखिकै शिक्षकहरुले हाल सम्म सय विद्यालयमा निरन्तर पढाई रहनुभएको छ त्यसैले पनि अभिभावकहरुमा यस विद्यालय प्रति विश्वास देखिन्छ । सामाजिक सुरक्षा योजनामा विद्यालय समावेश भएको छ यहाँ पढाउने शिक्षकहरु लामो समयसम्म पनि कार्यरत रहने गर्दछन् । विद्यालयले योजनामा समावेश विद्यालयका शिक्षकहरुले औषधि उपचार तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र बृद्धावस्था सुरक्षा योजना ल्याएको छ । विद्यालयले समय सापेक्ष प्राविधिक शैक्षणिक क्रियाकलाप, डिजिटल कक्षाहरुको ब्यवस्था, वातानुकुलित प्रयोगशालामा अत्याधुनिक कम्प्युटर शिक्षा, विशेष छात्रबृत्तिको ब्यवस्था भएकोले पनि अभिभावकको रोजाईमा पर्दै आएको छ ।
नर्सरीदेखि कक्षा १२ सम्म यस विद्यालयमा पढाई हुने गरेको छ । ११ र १२ मा विज्ञान र ब्यवस्थापन संकायमा अध्यापन हुने गरेको छ । पूर्वप्राथमिक तहमा मन्टेस्वरी विधिबाट अध्यापन हुने, विगत २२ बर्षदेखि एसईईमा उच्च श्रेणाीमा सतप्रतिशत नतिजा, दक्षक, अनुभवी शिक्षक, शिक्षिकाद्धारा अध्यापन, स्वच्छ, सुविधासम्पन्न भवन, स्कुल बस, प्राथमिक उपचार, खेलकुदको विशेष ब्यवस्था, क्यान्टिनको ब्यवस्था, स–साना नानीहरुका लागि विशेष रेखदेखको ब्यवस्था, अतिरिक्त क्रियाकलाप र सह–क्रियाकलापमा विशेष प्राथमिकतालगायत यस विद्यालयको विशेषतामा पर्दछ ।
२०५० सालमा स्थापित, रािष्ट्रय स्तरमा गुणस्तरीय विद्यालयको रुपमा अभिलिखित ३० बर्षको अनुभव भएको उक्त विद्यालयले गुणस्तरीय एबं ब्यावहारिक शिक्षामा जोड दिँदै आएको छ ।
स्थापनाकालबाट नर्सरीदेखि कक्षा ३ सम्म पढाई आरम्भ गरेको गरेको उक्त विद्यालयबाट १ हजार ५ सय भन्दा बढि बिद्यार्थीहरु एसएलसी अर्थात हालको एसईई परीक्षामा उर्तिण भइसकेका छन् भने १ हजार भन्दा बढीले प्लस टु उर्तिण गरिसकेका लेखनाथ भट्टराई बताउनु हुन्छ । २०५८ सालमा पहिलो पटक एसएलसीमा परीक्षामा सहभागी भइ सप्तकोशीले निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल हुँदै आएको छ । २०६६ सालदेखि प्लस टु सुरु गरेको सप्तकोशीले ब्यवस्थापन र विज्ञान संकाय सञ्चालन गर्दै आएको छ । उक्त विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु अध्ययन गरी जागिरे समेत भैसकेको र सँगै अध्ययन गरिरहेका छन् । विद्यालयमा ७२ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् भने १ हजारभन्दा बढी बिद्यार्थीहरु अध्ययरत रहेको छन् ।
सबैको रचनात्मक समन्वय, सहकार्य, दृढ इच्छाशक्ति, संकल्प, पारदर्शिता, जवाफदेहिता र समर्पणबाट प्राप्त अपेक्षित उपलब्धि प्रति सन्तुष्टि नै गुणस्तरीय शिक्षा हुने विद्यालयको ठम्वाई छ ।
विद्यालय २ विघा क्षेत्रफलमा रहेको र १ विघामा ब्यवस्थित खेलमैदान निर्माण गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल भट्टराईले जानकारी दिनुभयो । विद्यालयले कक्षा प्रथम, गरिब तथा विपन्न, सहिद, बेपत्ता परिवारलाई पूर्ण र आशिंक छात्रबृत्तिको ब्यवस्था गरेको छ । जसले गर्दा न्यून आय भएका जेहेन्दार विद्यार्थीहरुले समेत पढ्न पाएका छन् । बालबालिकाहरुको उचित तबरको हेरचाह र बृत्तिविकास लागि सप्तकोशी अब्बल ठहरिएको छ ।
बिद्यालयले बार्षिक रुपमा सप्ताह ब्यापी खेलकुद कार्यक्रम गर्दै आएको छ । संस्थापक प्रिन्सीपल भट्टराईले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै खेलकुद तथा अनुशासनमा रहन विद्यालयले प्रोत्साहित गर्ने गरेको बताउनुभयो । स्कुलले बालबालिकालाई आफ्नो प्रतिभा तिखार्नेसँगै नयाँ प्रतिभाको जन्म दिने कामममा विशेष काम गर्ने गरेको पनि उहाँले बताउनुभयो । बिद्यार्थीहरुको प्रतिभालाई अभिवृद्धी गर्न विद्यायल प्रयत्नशील रहेको उल्लेख गर्दै उहाँले बालबालिकाका नियमित र अतिरिक्त क्रियाकलापमा जोड दिइरहेको बताउनुभयो । यो स्कुलमा प्रशिक्षकबाटै डान्स, म्युजिक, खेलकुद, आट्र्स, साहित्यलगायतको कक्षा लिने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय