उर्लाबारी २७ पुस
झापाको दमक नगरपालिका वडा नं १० शान्ति टोलका ४८ बर्षिय धनबहादुर श्रेष्ठको दुई बर्ष अघि छठ पर्वको समयमा दमकको मावा नदी किनारमा भएको घटनामा १४ बर्षिय छोरा समेत गुमाएका धनबहादुर पुत्र वियोगको पीडासँगै अहिले बोनम्यारोको क्यान्सर रोगसँग जुदिरहेको छ ।
दुई साता अघि स्वास्थ्यमा अचानक समस्या आएपछि विराटनगरस्थित नोबल अस्पतालमा पुग्नु भएका धनबहादुरको प्रारम्भिक स्वास्थ्य परिक्षणमा बोनम्यारोको क्यान्सरसँग मिल्दोजुल्दो लक्षण देखिएपछि भारतीय अस्पतालमा नमुना परिक्षणका लागि पठाइएको थियो । उनको स्वास्थ्य परिक्षण रिपोर्ट चिकित्सकहरुको अनुमानसँग मेल खाएको र उहाँलाई बोनम्यारोको क्यान्सर पुष्टि भइसकेको हो ।
धनबहादुरको जाउलाखेलस्थित ब्लड एण्ड मल्टिस्पेशियलिष्ट अस्पतालमा डा। विशेष पौडेलको निगरानीमा उपचार भइरहेको छोरी दिपिका श्रेष्ठले जानकारी दिइन् ।
बुबा धनबहादुरको उपचार प्रारम्भिक प्रकृया मात्रै अघि बढेको छ । विस्तृतमा थप रिपोर्टहरु आएपछि मात्रै थाह हुने चिकित्सकलाई उदृत गर्दै छोरी दिपिकाले बताएकी छिन ।  बिरामले अहिले सम्म पारेको प्रभावका आधारमा ३ देखि ६ महिना सम्म अस्पतालमै बसेर उपचार गर्नुपर्ने प्रारम्भिक सल्लाह डाक्टरहरुले दिएका छन ।
उपचारको क्रममा बोनम्यारो प्रत्यारोपण वा अन्य बिधि भन्ने बिषय अहिलेनै निक्र्याल नभएपनि यो जटिल रोग हो भन्ने निधो भइसकेको छ ।
ढाड दुखाई धेरै छ, यस्तो बेलामा किडनीमा पनि असर पर्ने, निमोनिया हुने जस्ता सम्भावनाहरु बढी हुनेभएकाले साबधानीपूर्वक उपचार प्रकृया अघि बढाउनुपर्ने यसक्रममा अस्पतालमै बस्नुपर्ने चिकित्सकहरुको सुझाव रहेको बाबुको उपचारमा संलग्न छोरी दिपिकाले जानकारी गराइन् ।
पीडित श्रेष्ठ परिवारमाथी एकपछि अर्को बज्रपात जस्तै परिरहेको छ । यस्तो अवस्थामा उदार मनका धनीहरुको खोजी धनबहादुरको परिवारले गरिरहेको छ । ‘‘हामीले यो अवस्थाको कल्पनानै गरेका थिएनौं आफना आमा बाबालाई बचाउने इच्छा कुन छोराछोरीको हुँदैन र रु’’ धनबहादुरकी छोरी दिपिकाले भनिन् ।
दमक १० का वडाध्यक्ष राजेन्द्र भण्डारी आफनो वडामा यस किसिमको एकै परिवारमाथी यति अप्ठयारो र संकटपूर्ण परिस्थितीको सिर्जना भएको यो पहिलो घटना भएको बताए । ‘‘पोहोर परार १४ बर्षको छोरा गुमाउनु पर्यो । अहिले आफैं बाबुछोरानै अस्पतालको बेडमा हुनुहुन्छ। यता दाजु एउटा मिर्गौलाको भरमा हुनुहुन्छ । यो भन्दा दुुस्ख लाग्दो र पीडादायी अवस्था के हुन सक्छ र रु’’ भण्डारी भन्छन् ‘‘श्रेष्ठ परिवारमाथी एकपछि अर्को गर्दै परेको यस्तो परिस्थितीको सामना गर्न परिवार एक्लैले नसक्ने भएका कारण स्थानीय जनप्रतिनिधि, युवा साथीहरु सबैले सहयोगको लागि जुट्नु पर्ने ।’’
भण्डारीले आग्रह गरे ‘‘सबैले यो परिवारमाथी परेको यो समस्यालाई आफ्नै समस्याका रुपमा लिएर आआफ्नो ठाउँबाट सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं, हामी हाम्रो तर्फबाट पनि सक्दो पहल गर्नेछौं ।’’
पीडित धनबहादुरको उपचारमा सहयोगका लागि दाताहरुले बिरामीका परिवारको नाममा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा आर्थिक सहयोग गर्न सकिनेछ भने सम्बन्धित परिवारको मोवाइल नम्बर ९८१७३२७९३९ मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय