बेलबारी ८ बैशाख
मोरङको बेलबारी ३ टुक्रे स्थित धिमाल जातीय विकास केन्द्र नगर समितिको हलमा एक कार्यक्रमको आयोजनागरी नगरभरी रहेको १५ गाउँटोलका धिमाल जातीका बिपन्न वर्ग बालबालिकाहरुलाई ब्याग वितरण गरिएको छ ।
धिमाल प्रथम नागरिक व्यवस्थापन समिति र धिमाल जातीय विकास केन्द्र बेलबारी नगर समितिको आयोजना र धिमाल जातीय विकास केन्द्र महिला तथा बालबालिका विभागको समन्वयमा भएको हो । उर्लाबारी निवासी हाल हङकङमा रहेका कमल लिङथेपले ब्याग सहयोगरसौजन्य गर्नुभएको थियो । यस अघि लिङथेपकै सहयोगरसौजन्यमा कानेपोखरी र उर्लाबारीमा समेत वितरण गरिएको थियो । हाल सम्म लिङथेपले धिमाल जातीका बिपन्न वर्ग बालबालिका विद्यार्थीहरुलाई ब्याग वितरण एक सय थान ब्याग वितरण गरिसकेका छन । कमलले शैक्षिक, निम्न अवस्थाका बिरामी, खेलकुद, साँस्कृतिक कार्यक्रम लगायत हरेक क्षेत्रमा आफुले सकेसम्म आर्थिक तथा भौतिक रुपमा सहयोग गर्दै आएका छन् ।
कार्यक्रमको प्रमुख अतिथि धिमाल जातीय विकास केन्द्रका महिला तथा बालबालिका विभागको अध्यक्ष पम्फा धिमाल, विशिष्ट अतिथि विकास केन्द्र बेलबारी नगर समितिका अध्यक्ष शिवनाथ धिमाल, अतिथिहरुमा समाजिक अभियानता रुद्रबहादुर तामाङ, धिमाल जातीय विकास केन्द्रका कानेपोखरी गाँउपालिका अध्यक्ष राजकुमार धिमाल, माझी चन्द्रबहादुर धिमाल, भरतकुमार धिमाल रहेका थिए भने धिमाल प्रथम नागरिक व्यवस्थापन समिति अध्यक्ष रुकमिणी धिमालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय