उर्लाबारी २३ बैशाख
मोरङको बेलबार-१० माटिगाँउ निवासी सरस्वती धिमालले नाचेरनै गिनिज बुक अफ वल्ड रेर्कडमा आफ्नो नाम दर्ता गराएकी छिन् ।
उनले ५,२७८ मि अर्थात १७,३१६ फिट माथी नृत्य कोरीयोग्राफी गरी गिनिज बुक अफ वल्ड रेर्कड राख्न सफल भएकी छिन् । बुवा राजु धिमाल र आमा गंगा माया धिमालको कोखबाट बेलबारीको माटिगाउँमा जन्मिएकी सरस्वती विगत एक दशक देखि नृत्य विद्यामा छिन । कर्मथलो काठमाण्डौको गोकर्णमा रहेकी उनले विभिन्न नृत्य प्रतियोगिताहरुमा प्रथम समेत भएकी छिन् । उनी नेपालकै ठूलो डान्सिङ रियलिटि शो डान्सिङ स्टार नेपालको च्यामपियन समेत भएकी हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय