उर्लाबारी १९ माघ
झापाको गौरादह नगरपालिका वडा नम्बर ५ बालुबथानमा बसोवास गर्दै आएका बुबा गंगा प्रसाद सेर्मा र आमा कर्णमाया आङदेम्बे सेर्माको कोखबाट जेठी सन्तानको रूपमा जन्मिनु भएको कल्पना सेर्मा नेम्बाङ माघ १६ गते विराट नर्सिङ विराटनगर अस्पतालमा भर्ना गरिएको छ ।
तेस्रो सन्तान जन्माउन डेलिबरी हुनु भएको अचानक तल्लो पेट दुख्न थालेपछि अस्पताल लाँदा डाक्टरले तुरुन्तै अप्रेसन गर्नुपर्छ भनेपछि अप्रेसन गरियो तर अप्रेसन हुँदा बच्चाहरूको सालनालसँगै पाठेघरमा टाँसिएको हुनाले पाठेघर पनि निकाल्नुपर्ने भयो । बच्चाहरू पनि महिना नपुगी आठ महिनामै निकाल्नुपर्ने भएकोले बच्चाहरूलाई पनि भेन्टिलेटरमा तुरुन्तै राखियो तर आमाको अवस्था भने गम्भीर छ । शरीरबाट धेरै रगत बगेपछि अप्रेसन गर्नु पनि निकै गाह्रो भएको डाक्टरले बताए र अप्रेसन गर्दाखेरि डाक्टरहरूले नै अप्रेसनकै दौडानमा मृतक घोषणा गरिसकेको तर पनि लगभग ७२ घण्टामा बिरामीको होस आयो । अहिले सम्म २०र२५ पौन्ड रगत दिइयो डाक्टरहरूले पनि माया मारेको सबै आफन्तजनले माया मारिसकेको तर यसरी मृत्युसँग लडेर केही खुड्किलो अगाडि उकालो चढेपछि केही आशा लागेर आयो । बच्चाहरू पनि जुम्ल्या भएकोले बच्चाहरूलाई पनि भेन्टिलेटरमा राखिएको छ र आमालाई पनि भेन्टिलेटरमा राखिएको छ । बच्चाहरुको अवस्था पनि नाजुक नै छ अहिलेसम्म आमाको अवस्था भने धेरै नै गम्भीर रहेको छ । तर पनि ७२ घण्टासम्ममा होस आएपछि अब केही आशा रहेकोले सहयोगको लागि तपाईहरु समक्ष हार्दिक अपिल । यसरी तीन(तीन जनालाई भेन्टिलेटरमा राख्दाखेरि एक दिनमा डेढ लाख सम्मको औषधिमा खर्च हुने भएपछि परिवार अलमल्ल परेकाछन् ।
सास रहुन्जेल आश हुन्छ भनेझै सबै समक्ष केही आर्थिक सहयोगकोलागि परिवारको अपिल रहेको छ ।
घरमा मुलिको आउने बाटो छैन, केही कमै छैन विदेश पनि गएको छैनन् । लगभग ३० लाख सम्म खर्च लाग्ने भनेर डाक्टरले बताएको परिवारको भनाई छ । आर्थिक अवस्था निकै कमजोरी भएकोले स्वदेश तथा विदेशमा रहने सहयोगी मन समक्ष सकेको आर्थिक सहयोगको सहयोग वा सहयोगी हातहरुमा विनम्र अनुरोध परिवारको रहेको छ । थोरै सहयोगले कसैको जीवन बच्छ भने त्योभन्दा ठूलो धर्म अरु केही हुन सक्दैन । सके सहयोग नसके यो समाचार शेयर गरेर सहयोगी मन मुटु भएको समाजसेवी समक्क्ष पुर्याउन अनुरोध ।


सम्पर्क नम्बरः 9815934359
बैंक खाता नंः 00720874320 सिदार्थ बैंक गौरादह ब्रन्च
खातावालाको नामः दिपेश नेम्बाङ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय