मोरङ २१ पुस
मोरङको उर्लाबारीमा आयोजित धिमाल पत्रकार तथा साहित्य उथ्थान मन्चको तेस्रो राष्ट्रिय अधिवेशनबाट पुनः विजय धिमालको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको छ ।
धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालयको सभाहलमा कार्यक्रमको आयोजना भएको हो । समितिमा पुनः उपाध्यक्षमा अष्टनारायण धिमाल, महिला उपाध्यक्षमा दिपा धिमाल त्यस्तै महासचिवमा राजेन्द्र धिमाल, सचिवमा दिनेश धिमाल, कोषाध्यक्षमा प्रिया धिमाल सदस्यहरुमा डम्बर धिमाल, जगत धिमाल, विकास धिमाल, गोविन्द धिमाल, काजल धिमाल, अन्जलि धिमाल र रोशन धिमाल सर्वसम्मत चयन भएको हो । हाल १३ जना कार्यसमिति चयन भएभने दुइजना पहिलो बैठकले मनोनित गरिने मन्चका अध्यक्षले जानकारी दिए ।
धिमाल पत्रकार, मिडिया हाउस र विभिन्न संचार माध्यमा कामको अनुभव, भोगाइ, चुनौती लगायत चर्चा परिचर्चा र आगामी दिनहरूमा जुझारुका साथ लाग्न् उपस्थित अतिथिहरुले आफ्नो भनई राखेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि धिमाल जातीय विकास केन्द्रको केन्द्रीय सह-अध्यक्ष कृष्ण बहादुर धिमाल, अतिथिहरुमा धिमाल जातीय विकास केन्द्रको केन्द्रीय कोषाध्यक्ष रत्नबहादुर धिमाल, धिमाल जातीय विकास केन्द्रका सचिवालय सदस्य अजित कुमार धिमाल, धिमाल जातीय विकास केन्द्रका परियोजना विभाग सदस्य राम प्रसाद धिमाल लगायत रहेका थिए र धिमाल पत्रकार तथा साहित्य उथ्थान मन्चका अध्यक्ष विजय धिमालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको स्वागत मनतव्य उपाध्यक्ष अष्टनारायण धिमाल गरे भने महिला उपाध्यक्ष दिपा धिमालले अौपचारिक कार्यक्रम संचालन गरेकि थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय