उर्लाबारी १८ बैशाख
मोरङको उर्लाबारी स्थित बैशाख २२ गतेदेखि मुख्य चोकमै दोश्रो आदिवासी जनजाति फुड फेस्टिबलरमिनि महोत्सव हुने भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ, नगर समन्व्य परिषद् उर्लाबारीको आयोजना र उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा हुने भएको हो । फेस्टिबलमा स्थानीय राई, लिम्बु, धिमाल, तामाङ, मगर, माझी, किरात, नेवार सहित स्थानीय जातजातीका मौलिकता सहित पराम्परागत खानाका परिकारहरु प्रत्येक दिन फरक(फरक जातिको रहने र प्राकृतिक जडीबुटीसहितको खानाका परिकार रहने सम्मेलन मार्फत आयोजकले जानकारी दिए । परिषद्ले आज पत्रकार सम्मेलनको आयोजना गरी फेस्टिबल तथा सांस्कृतिक प्रबद्र्धन कार्यक्रमका विषयमा जानकारी दिए । परिषद्का नगर अध्यक्ष समशेर लिम्बुका अनुसार कार्यक्रममा आदिवासी खानाका परिकार, राष्ट्रिय स्तरका कलाकारहरु, उर्लाबारीमा रहेका विभिन्न जातजातिको प्रस्तुति, बैन्ड, रोटेपिङ, नाउ, साँझ सांस्कृतिक कार्यक्रम रहने पत्रकार सम्मेलन मार्फत अध्यक्षले जानकारी दिए ।
उर्लाबारीमा भएका आदिवासी जनजातिहरुको एकता कायम गर्ने, स्थानीय जातजातिको खानपिन र आहाराको संस्कारसँगै उनीहरुको संस्कृति र भेषभुषाहरुको जगेर्ना र संरक्षण गर्ने, खानाको बजारीकरण गरी व्यवसायमा सहयोग गर्ने, आदिवासी जनजातिहरुको नेतृत्व विकाश र शसक्तिकरणमा सहयोग पुर्याउने, नगरपालिका र परिषद् परिवारबीचमा सम्बन्धहरु सुमधुर कायम गर्ने, स्थानीय गाउँ तथा टोलसम्म आदिवासी जनजातिहरुको संगठन निर्माणका लागि सहयोग पुग्ने आयोजकले जनाएको छ । कार्यक्रमका लागि नगरपालिकाले ५ लाख रुपैया बजेट सहयोग गर्नेछ भने । ११ दिन सम्म चल्ने उक्त फेस्टिबलमा १० लाख खर्च हुने अध्यक्षले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय