२४ जेठ,पथरी,विजय धिमाल । मोरङ पथरीशनिश्चरे नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष लगायतका जनप्रतिनिधिलनई पथरीशनिश्चरे प्याव्सन नगर कमिटीले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।
सोमबार पथरीशनिश्चरे–२ मा अवस्थित सिन भिलेज पाटी प्यालेन्समा नगर कमिटीले आयोजना गरेको कार्यक्रममा नगरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना प्रदान गरिएको हो  । 
कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख मोहनप्रसाद तुम्वापोले निजी तथा संस्थागत विद्यालयहरूले भोगेका समस्या समाधानका लागि पथरीशनिश्चरे नगरको स्थानीय तहको सरकारले आगामी आइतबार देखि आईतबार दिनमा पनि विद्यालयमा शैक्षिक पठन पाठनको कार्य संचालन हुने जानकारी दिनुभयो । यस्तै निजी विद्यालयका समस्याको समाधानका लागि प्रयास गर्ने पनि प्रतिबद्धता जाहेर गर्नुभएको थियो । सो अवसरमा नगरकी उप–प्रमुख देवीमाया काफ्ले तथा वडाध्यक्षहरू क्रमशः वडा नं १ का भीम राई, २ नं वडाका वडाध्यक्ष नैना राई, ४ नं वडाका वडाध्यक्ष लोककिरण न्यौपाने, वडा नं ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, वडा नं ८ का वडाध्यक्ष नवीन कार्की, १० नं वडाका वडाध्यक्ष जीवन खतिवडा लगायतका जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो । जनप्रतिनिधिहरुको तर्फबाट वडाध्यक्ष भीम राईले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेकोमा आभार प्रकट गर्दै नगर प्याव्सन अन्तर्गतका विद्यालयहरूले पुराएको योगदानको प्रशंसा गर्नुभयो भने वडा नं ४ का लोककिरण न्यौपानेले समेत निजी तथा संस्थागत विद्यालयहरूले शिक्षा प्रदान गर्न ठुलो योगदान पुर्याएको भन्दै नगरको शिक्षाको गुणस्तर सुधारका निम्ति लागि पर्ने बताउनु भयो।
नगर कार्य समितिका अध्यक्ष सुरेन्द्र लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा मोरङ जिल्ला प्याव्सनका सदस्य राजु तिमिल्सिना , नगर प्याव्सन सल्लाहकार नवोलकिशोर खनाल तथा टिका दंगाल , शिक्षा तथा खेलकुद शाखाका प्रमुख शालिकराम काफ्ले, इलाका कार्यालय पथरीका प्रहरी प्रमुख डिएसपी वेदप्रसाद गौतम लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन नगर कमिटीका सचिव सन्तोष बस्नेतले गर्नुभएको थियो। पथरीशनिश्चरे –१ स्थित स्थायी बसोबास गर्दै आएका लेखक तथा संकलक दिपेन्द्र तिमिल्सिनालाई सम्मान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय