साउन ३१,उर्लाबारी,बिजय धिमाल : नेकपा एमाले समबद्ध नेपाल लाेकतान्त्रिक धिमाल संघ केन्द्रीय समितिकाे तेस्रो राष्ट्रिय अधिवेशनबाट नम्बरलाल धिमाल सर्वसम्मत चयन भएकाे छ ।
अधिवेशन धिमाल जातिय विकास केन्द्रकाे सभाहलमा भएकाे हाे । अध्यक्षमा लाेकबादुर धिमाल र नम्बरलाल धिमाल दुई जनाकाे नाम परेपनि साउन ३१ गते सर्वसम्मत भई निर्वाचन मण्डल लगयत सबैले बधाई तथा शुभकामना दिएका थिए । समितिमा २५ कार्यसमिति सदस्य रहने व्यवस्था छ । त्यसतै बरिष्ठ उपाध्यक्षमा लक्ष्मिनारायण धिमाल, तीन उपाध्यक्षमा भुवन, बिकेन्द्र, मन्जु धिमाल, महासचिवमा अम्बरबहादुर धिमाल, सचिबमा मणिराज, सुनिल धिमाल, काेषाध्यक्षमा राेमान्सी धिमाल सदस्यहरुमा गिरिराज, पदम, हेम नारायण, ब्रेमलाल, रेवतबहादुर, खड्गबहादुर, ज्याेती, सुर्यबहादुर, माेनिका, मनाेज, दिपक, पितबहादुर र मिना धिमाल रहेकाछन् । कार्यक्रममा माेरङ, झापा, सुनसरी र काठमाडौ रहेका संघमा आबद्धहरुकाे उपस्थित रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय