उर्लाबारी १२ असार
समीर वि.क.
विगत चौध वर्ष अघिदेखि नेपाली गीत संगीतमा निरन्तर लागि परेका विनय कार्की भ्वाइस अफ नेपाल सिजन टु बाट चर्चाको शिखरमा जमेका थिए ।
हेटौंडामा जन्मिएका विनय काठमाडौंलाई कर्मथलो बनाएर निरन्तर गीतसंगीत सिर्जनामा व्यस्त छन् । विनयले गाएका ‘मायामा, संगसंगै जिउला, सारङ्गी रेटाैंला, सारङ्गी रेटाैंला-२, हल्लेलुया आमिन, गाउनेछु नाच्ने छु, कभर गीतहरु म त अब रिसाउँछु साथै आज तिम्रो कुरा चल्यो लगायत धेरै गीत चर्चित रहेका छन् । तीन चार वर्ष भयो मुकुट व्याण्डमा आबद्ध भएको । विनय कार्की एण्ड मुकुट व्याण्डले धेरै स्थानहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिइसकेको छ । गीत गाउन, संगीत भर्न र गीत एरेञ्ज गर्नमा सक्रिय उनी यी सबै विधा गाह्रो भएको बताउँछन् । विशेष गरी गीत गाउन चाहीं उनलाई मन पर्ने बताउँछन् । जसरी एकल गायन प्रस्तुत गर्दा दर्शक श्रोताको माया पाएका थिए, मुकुट व्याण्ड संगको सांगीतिक सहकार्य पनि दर्शक श्रोताले मन पराउनेमा ढुक्क छन् । विनय कार्की एण्ड मुकुट व्याण्डले हालैमात्र दुईवटा पप गीत रेकर्ड गरिसकेको छ । कोसिस शीर्षक रहेको टाइटल गीतको भिडियो बनाई सकेर रिलिज गर्ने अन्तिम तयारीमा जुटेको छ । मुकुट व्याण्डको सदस्यहरुमा भोकल/रिदम गिटारिस्ट विनय कार्की रहेका छन् । त्यसैगरी, गिटारिस्ट श्याम श्रेष्ठ र ड्रमर राहुल राई हुन् । यस व्याण्डमा प्रोडक्सन म्यानेजर सञ्जय राई रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय