उर्लाबारी २२ असार
विजय धिमाल
माेरङकाे उर्लाबारी-३ मंगलबारे (किसान चोक दक्षिण) स्थित बहुप्रतिक्षित प्रार्थना रिट्रेट विधिवत रुपमा उद्घाटन भएको छ ।
उर्लाबारीका चार जना युवाहरुकाे लगानीमा यस रिट्रेटकाे वडा नम्बर-३ पूर्व अध्यक्ष गन्जबहादुर कार्की, वर्तमान अध्यक्ष भीष्म बुढाथोकी र समाजसेवी मेजर डिबि गुरुङबाट एक जाेर परेवा उडाई मुल गेटमा रिवन काटेर उद्घाटन गरिएकाे हाे । तिन विगाह क्षेत्रफलमा फैलिएको उक्त रिट्रेट करिब ११ कराेडकाे लगानीमा सुविधा सम्पन्न सेमिनार हल, पार्टी प्यालेस, रेष्टुरेण्ड एण्ड बार, लज, बार बि क्यु, फुटसल, भलिबल, बास्केटबल, टेबल टेनस, स्केटिङ्, पेन्ट बल, स्नोकर लगायतका खेलको लागी छुट्टाछुट्टै प्लेग्राउण्ड रहेको संयाेजक रविन गुरुङले जानकरी दिए । यस्तै प्रार्थनामा बालबालिकाहरुका लागी स्विमिङ्का अलवा छुट्टै बाल मनोरञ्जन समेत रहेको छ भने राष्ट्रियता झल्कने सम्पदाकाे रुपमा रहेकाे बुद्ध, शिव, खुकुरी क्रस, चैत्य गुम्बा, स्यम्भु, धरहरा, घन्टाघर लगायत स्वर्गीय राजा बिरेन्द्र सहित परीवारका सदस्यहरुको स्तम्भ समेत यस ठाउँमा अवलोकन गर्न पाईन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय