पिडितकाे भिडियो सहित लिङकमा छुनुहाेस्

https://fb.watch/nvtZAooFQ8/?mibextid=Nif5oz

माेरङ १९ असाेज
माेरङकाे उर्लाबारी नगरपालिका वडा नम्बर ७ बरगाछीमा रहेकाे फल्गुनन्द बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे सेवा केन्द्रबारे झापाको राष्ट्रिय दैनिक पूर्वसंदेश पत्रिकामा `बचतकर्ताकाे रकम गायब´ समाचार प्रकाशित भएपछि पत्रकारलाई सहकारीकाे अध्यक्षबाट धम्की आएकाे छ ।
सहकारीको मुख्य कार्यालय दमक-६ लिङदेन मार्गमा रहेकाे छ भने साखा कार्यालय वा सेवा केन्द्र भने माेरङकाे उर्लाबारी बरगाछीमा रहेकाे छ । असाेज १३ गते उर्लाबारीका पत्रकार घनश्याम भण्डारीले साे समाचार लेखि पत्रिकामा प्रकाशित भएपछि प्रधान सम्पादक/प्रकाशक गन्जबहादुर दाहाल र माेरङ महासंघ सदस्य घनश्याम भण्डारीलाई सहकारीका अध्यक्ष संकल्प लिङदेनले पटकपटक धम्की दिए पश्चात् नेपाल पत्रकार महासंघ झापा साखाले प्रेस विज्ञप्ति जारी रगेकाे छ ।
विज्ञप्तिमा उल्लेख छ…

पूरा समाचार
उर्लाबारी-७ का स्थानीय व्यापारी सञ्जय बाहेती आफूले जम्मा गरेको पैसा झिक्न उर्लाबारी-७ बरगाछीमा अवस्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र पुगे । बाहेतीको खातामा रहेको पैसा उनको खातामा नभएकाे प्रमाण भेटे । त्यसपछि बाहेतीले याे मलाई मात्रै नभएर अरु व्यक्ति वा अरु सहकारीमा पनि हुन सक्छ भन्ने हेतुले पत्रकारबाट सबैलाई सचेत रहन समाचार हाेस र प्रहरीले कानुनी उपचार गराेस भनेर ।
बाहेती कार्यालय पुगेर स्टेटमेन्ट मागे । स्टेटमेन्टमा संकलक झुमा लिम्बू साे दिन बिदामा थिइन बिदामा बसेकि लिम्बूले बाहेतीकाे खातामा १ हजार दैनिकी जम्मा गरिदिएको भेटियो । त्यसपछि बाहेती परिवारका नाममा रहेको सबै खाता परीक्षण गर्दा कुनै खातामा पनि नगद तुरुस्त भेटिएन । बाहेती परिवारले दुई वटा खातामा दैनिक बचत गर्दै आएको जनाएको छ ।
सञ्जय बाहेतीले भने दैनिक बचत परिचालकले फटाई गरेको भन्दै उनलाई पक्राउ गरेर कार्यवाही थाल्ने आश्वासन सहकारीका ब्यवस्थापक दिलिप सुब्बाले दिए । तर,२४/२५ करोडको कारोवार गर्ने सहकारीले एकजना दैनिक परिचालकलाई कारबाही गरेर संस्था उम्कन नमिल्ने भनेपछि कानुनी प्रक्रिया अघि बढेन बताए । सहकारीले भुक्तान पुर्जा जारी गरेको छ तर, हस्ताक्षर क्लियर नगरीकन पैसा भुक्तान दिने गरेको सदस्यहरू बताउँछन् । सफ्टवेयरबाट हिसाब राखिएको भएपनि सफ्टवेयर प्रयोगमा नआएको पीडितहरूको भनाई छ । कार्यालयमा सिसिटिभी राख्ने, एसी जडान गर्ने तर सफ्टवेयर प्रयोग गर्न नजान्ने कर्मचारी राख्दा हिसाब गोलमाल भइरहेको शेयर सदस्यहरू बताउँछन् ।

https://fb.watch/nvtZAooFQ8/?mibextid=Nif5oz

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय