उर्लाबारी ३० असोज
मोरङको उर्लाबारीस्थित आम्बारीमा जारी खुल्ला नकाउट फुलबल प्रतियोगिताको फाइनल खेलमा ब्रदर्स युनाइटेड उर्लाबारी पुगेको छ ।
बिआरसि पथरीलाई ६-० गोल अन्तरले हराउदै बर्दस युनाइटेड खेलको फाइनलमा प्रवेश गरेको हो । बर्दस युनाइटेडको जितको लागि सुबास तामाङ्ले खेलको १४ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफकै २१ र २८ औ मिनेट बर्दस युनाइटेड सन्तोस न्यौपानेले दुई गोल गरे । पहिलो हाफ एकतर्फि पेलिरहेको बर्दस युनाइटेडले दोस्रो हाफमा पनि खेल आफ्नो पक्षमा पार्यो ।
दोस्रो हाफको १४ मिनेटमा माल्दिना आङथुपो, २२ औं मिनेटमा भुसन सुब्बा र इन्जुरि समयमा रोसन धिमालले थप एकरएक गोल गरे । खेलको म्यान अफ द म्याच बर्दस युनाइटेड उर्लाबारीका माल्दिना आङ्थुपो भए । बिआरसि पथरीका खेलाडीहरु गोल गर्ने अबसर पाएपनि सदुपयोग गर्न सकेनन् ।
बर्दस युनाइटेडका गोल रक्षक चरि लिम्बु शक्तिशालि देखिए । बर्दस युनाइटेडले अब कात्तिक २ हुने फाइनल खेल गोर्खा एमएफसि र मंगलबारे एफसि बिच हुने अध्यक्ष दिलिप गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय