उर्लाबारी २ असोज
मोरङको उर्लाबारीस्थित आम्बारी स्पोर्टिङ युथ क्लब द्वारा आयोजित आम्बारीमा सम्पन्न खुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधि ब्रद्रर्स युनाइटेड उर्लाबारीले चुमेको छ ।
आज भएको फाइनल खेलमा एम एफ सि मङलबारेलाई २(० गोल अन्तरले पछि पार्दै ब्रद्रर्स युनाइटेड उर्लाबारीले उपाधि उचालेको हो ।
उपाधिसङ्गै ब्रद्रर्स युनाइटेड उर्लाबारीले नगद ३० हजार ट्रफि मेडल पायो भने उपबिजेता एम एफ सि मंगलबारेले नगद २० हजार ट्रफि मेडलमा चित्त बुझायो । ब्रद्रर्स युनाइटेड उर्लाबारी जितकालागि सुबास तामाङले खेलको २२ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । यस्तै दोस्रो हाफको १९ औं मिनेटमा दिपेश थापा मगरले विजयी एक गोल थप गरे ।
एम एफ सि मङलबारेले गोल गर्ने धेरै अबसर पाएपनि सदुपयोग गर्न सकेन । ब्रदर्सले धेरै गोल गर्ने अबसरलाई एमएफसिका गोल रक्षक असिम खड्काले बारम्बार बिफल पारिदिए । यद्यपि, एमएफसिले उपाधि आफ्नो पक्षमा पार्न सकेन ।
खेलको म्यान अफ द म्याच ब्रदर्स युनाइटेडका सुबास तामाङ घोषित भए । खेलको बेष्ट गोलरक्षक एम एफ सि मङलबारेका असिम खड्का, बेष्ट डिफेन्स एमएफसि कै मनिस धिमाल, हाइस्कोर आयोजक आम्बारी फुटबल क्लब संजय धिमाल घोषित भए । ब्रदर्सबाट बेष्ट मिड फिल्डरको पुरस्कार माल्दिना लिम्बु, बेष्ट फरवर्ड सन्तोष न्यौपानेले पाए । प्लेयर अफ द सिरिज एमएफसि मङलबारेका अनिल राईले पाए । आम्बारी स्पोटिङ युथ क्लबको आयोजनामा असोज २५ गते बाट उर्लाबारीस्थित आम्बारी खेल मैदानमा सुरु भएको खेलमा ८ टिमको सहभागीता रहेको थियो । खेलका बिजेता उपबिजेतालाई कार्यक्रमका प्रमुख अथिति उर्लाबारी(९ का वडा अध्यक्ष नरबहादुर मोक्तान, बिशिस्ट अतिथिमा उर्लाबारी(८ का वडा अध्यक्ष कुलबहादुर कार्की त्यस्तै अतिथिहरुमा समाजसेवि सबिता धिमाल, बिक्रम चापागाईं, स्यानो अभियानका संयोजक बिजय आङबुहाङ, आम्बारी बजार व्यवस्थापन समितिका अध्यक्ष राजन काम्बाङ, सितोरियो कराते संघ मोरङ जिल्ला बरिस्ट उपाध्यक्ष इन्द्र लामा लगायतका अतिथिहरु रहेका थिए ।
आयोजक टिमका अध्यक्ष दिलिप गुप्ताको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय