विजय धिमाल

उर्लाबारी १० पुस
मोरङको उर्लाबारी आम्बारी स्थित प्रत्येक वर्ष मनाउदै आएको लिम्बू समुदायको मुख्य पर्व चासोक तङ्नाम आजवाट सुरु भएको छ ।
पुस १० देखि १४ गते पाँच दिन सम्म चासोक पर्व मनाउने भएको हो । आजको पहिलाे  दिन भेट्रान फुटबल प्रतियोगितामा आम्बारी बिच राजघाट भेट्रान भएको थियो जसमा राजघाट भेट्रान सेमिफाइनलमा प्रवेश गरेकाछन् । बृहत् साँस्कृतिक कार्यक्रम, विभिन्न खेलतमासा, रोटेपिङ, बालबालिकाका लागि मनोरंजन, राष्ट्रिय कलाकार डम्बर नेपाली, दिपक लिम्बू, भ्वाइस अफ किड्सका रुक्साना लिम्बू, कुशल थलङ, रोशन पंधाक, दिपा सुहांङ र शिव सम्बाहम्फे तथा स्थानीय कलाकारहरु रहने किरात याक्थुम चुम्लुङ उर्लाबारीका अध्यक्ष बानु सुब्बा बताउछिन् । साथमा अन्तरा ब्यान्डले मनोरन्जन दिने नगर समितिका उपाध्यक्ष अमर सेलिङले जानकारी दिए । पहिलो उद्घाटन दिन बिहानै स्थलमा रहेको मन्दिरमा पुजा गर्दै च्याब्रुङ नाच स्थानिय विद्यालय सार्वजनिक माविका विद्यार्थी, स्थानीय, अतिथि, पुजामा उपस्थित लगायत सहभागीमा आम्बारी बजार हुदै सिरिजंगाको सालिक परिक्रमा गर्दै स्थलमै आएर औपचारिक कार्यक्रम सुरु भएको थियो । केलाङ, धाननाच, राईको साकेला लगायत झाँकी प्रदर्शन भएको थियो । पहिलाे साँझ भ्वाइस अफ किड्सका रुक्सना लिम्बु र स्थानिय अन्तरा ब्यान्डको बेजोड प्रस्तुतिसांस्कृतिक संयाेजक प्रकाश कन्दङवाले जानकारी दिए।
कार्यक्रमको प्रमुख अतिथि किराँत याक्थुम चुम्लुङकम संघिय उपाध्यक्ष डा. कमल तिगेला, विशिष्ट अतिथिहरु कियाचु केस बिमला पालुङगा, उर्लाबारी नगरपालिका वडा ८ का अध्यक्ष कुलबहादुर कार्की उर्लाबारी नगरपालिका वडा ९ का अध्यक्ष नर बहादुर मोक्तान र अतिथिहरुमा उर्लाबारी नगरपालिका वडा २ का अध्यक्ष राजन कुमार कडेल, रुद्र तामाङ, उर्लाबारी आदिवासी जनजाति नगर अध्यक्ष रमसेर लिम्बू, धिमाल, सन्थाल, मगर, राई, याख्खा, सुनुवार, दनुवार लगायतका प्रतिनिधरु रहेका थिए । कार्यक्रमको स्वागत मन्तव्य कियाचु नगर उपाध्यक्ष अमर सेलिङले राखेका थिए भने किराँत याक्थुम सचिव अन्जु लिङ्गदेनले कार्यक्रम संचालन गरेकिथिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय