दमक २० पुस
दमक सम्बाददाता
झापा दमक नगरपालिका वडा नम्बर-१० कन्चन बल केन्द्र स्थित करिब एक सय जनालाई न्यानो कपडा वितरण गरेको छ ।

क्लब हिमालय टाइगर्स र इलाका प्रहरी कार्यालय दमकको साझेदारीमा कार्यक्रम आयोजना भएको हो । बाल केन्द्रलाई ह्वाइट बोर्ड र न्यानो म्याट हस्तान्तरण गर्दै न्यानो कपडा भने केन्द्रका अध्यक्ष तथा वडा नम्बर-१० का वडा सदस्य रबिन्द्र माखिम लिम्बूलाई हस्तान्तरण गरि उपस्थित बालबालिकाहरुलाई एक/एकगरी वितरण गरिएको थियो । बाल केन्द्रमा अध्ययनरत बालबालिका लगाय कुशल, भावना, त्रिवेणी, आशिष र कन्चन टोलका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई वितरण गरिएको थियो । केहि मात्रामा जाडो छेल्न मात्रै सकेको कार्य गरेका हौ त्यस्तो ठुलो सहयोग नभएपनि आगामी दिनहरूमा साथ सहयोग रहने क्लब हिमालय टाइगर्स र इलाका प्रहरी कार्यालय दमकले आफ्ना कुरा राखेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोज कुमार लामा, विशिष्ट अतिथि कार्यक्रम व्यवस्थापन अध्यक्ष मनि सिटौला, विशेष अतिथिहरुमा दमक उद्योग वाणिज्य संघका महासचिव राजु खड्का, कोन्सिभ अध्यक्ष रेवत भण्डारी, कन्चन बाल विकास केन्द्रका अध्यक्ष तथा वडा नम्बर-१० का वडा सदस्य रबिन्द्र माखिम लिम्बू, दमक उद्योग वाणिज्य संघका सदस्य पदम राउत, स्थानीय व्यवसायी जीवन धिमाल र अतिथिहरुमा खगेन्द्र बजगाई, अनु भण्डारी, तिर्थराज राई, दिवान खतिवडा, विप्लव डंगोल, अर्जुन निरौला, भुमि निरौला, छवि घिमिरे रहेका थिए भने आयोजक समितिका अध्यक्षरसंयोजक मेघनाथ फुयेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय