उर्लाबारी २४ पुस
जनता समाजवादी पार्टीका नेता समशेर लिम्बू र पत्रकार धिमाल सहित ७० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्र उर्लाबारीले मंगलबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा जसपाका नेता लिम्बू र धिमाल सहित ७० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नेपाल आदिबासी जनजाति महासंघ उर्लाबारीको अध्यक्षसमेत रहेका लिम्बू पहिचानवादी नेताका रुपमा स्थापित रहेका छन् । प्रवेश गर्नेहरुमा देउमान लिम्बू, शिला लिम्बू, पदमकुमारी लिम्बू, निङ्वा लिम्बू, किरण लिम्बू, सौगात धिमाल, सुरज धिमाल, संजय लिम्बू, अजित धिमाल, दिपेश धिमाल, दिपेन्द्र धिमाल, अमरबहादुर दमाई, जसमाया दमाई, पूर्णबहादुर दर्जी, अस्मिता नेपाली, विपना शिवा, सुमन शिवा, घननारायण श्रेष्ठ, सुरज श्रेष्ठ, यमकुमारी थेवे, दलबहादुर लिम्बू, लक्ष्मी लिम्बू, निङ्वा लिम्बू, सञ्जय लिम्बूलगायत रहेका छन् । त्यस्तै प्रेस चौतारी नेपालको कोशी प्रदेश सदस्य विजय धिमाल प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् ।
नेकपा एमालेनिटक पत्रकार संगठन प्रेस चौतारी छोडेर धिमाल नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपालमा प्रवेश गरेका हुन् । मोरङको उर्लाबारी–८ निवासी धिमाल डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहेका छन् । पूर्वी मोरङका पत्रकारहरुको संस्था सञ्चार क्लब नेपालको महासचिब भइसकेका उनी धिमाल पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष हुन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, पूर्व सभामुख, मन्त्री तथा प्रदेश सांसद बाबुराम गौतम, केन्द्रीय सदस्य विशेन्द्र चेम्जोङ, प्रदेश कोषाध्यक्ष गगन पुरी, मोरङ सह–इन्चार्ज प्रेम मिभकलगायतले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए । उर्लाबारी नगर अध्यक्ष गजेन्द्र दंगालको सभापतित्वमा भएको उक्त कार्यक्रम सञ्चालन सचिब पवन चौधरीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय