मोरङ ९ माघ
धिमाल जातीय बिकास केन्द्रको सातौ महाधिबेशनले नयाँ पदाधिकारी निर्वाचीत गराएको छ ।
सोमबार सम्पन्न भएको निर्वाचनले राष्ट्रियसभाको सभापतिमा लोक बहादुर धिमाललाई सर्वसम्मत चयन गरेको छ भने बाँकी रहेका पदहरुमा निर्वाचन भएको थियो । जस अनुसार राष्ट्रियसभाको उप सभापतिमा लालभित्ती बेलबारीका कविन्द्रराज धिमाल बिजयी हुनु भएको छ । उहाँले झापा दमकका बुद्धिलाल धिमाललाई पराजीत गराउनु भएको हो । यसै गरि राष्ट्रियसभाको सचिवमा झापा दमकका मणिराज धिमालले जीत हाँसिल गरे । यता केन्द्रिय समितीको अध्यक्षमा उर्लाबारीका अम्बर बहादुर धिमाल बीजयी हुदा दमकका कृष्ण बहादुर धिमालले पराजय भोग्नु पर्यो । सह-अध्यक्ष पदमा सुनपकुवा मोरङका कविराज धिमाललाई पराजीत गर्दै बलुवाही मोरङका केदार धिमालले जीत हाँसिल गरे । समितीको खुल्ला उपाध्यक्षमा शान्तीदेवि धिमाल, गिरीराज धिमाल, पर्वत बहादुर धिमाल र रुकमणी धिमाल बिजयी भएको छ ।
यसै गरि महिला उपाध्यक्षमा गंगामाया धिमाल निर्विरोध निर्वाचित हुँदा महासचिवमा भने मातृका धिमाल बिजयी भए । उनले सुनिल धिमाललाई पछि पार्दै बिजयी हाँसील गरेकाहुन् । यस्तै सचिव, महिला सचिव र कोषाध्यक्ष पदमा पनि निर्विरोध नेतृत्व चयन भएको छ । यी पदहरुमा क्रमश अजीत कुमार धिमाल, रोमन्सी धिमाल र रत्न बहादुर धिमाल चयन भएका थिए । कुल ३१२ मतदाता रहेको यो समितीको निर्वाचन मोरङको उर्लाबारी-३ मंगलबारे धिमाल परियोजना स्थलमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय