उर्लाबारी १२ माघ
मोरङको उर्लाबारीमा आजबाट जारी दोश्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिता कप अन्तरगत बिराटनगर महानगरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।

शुक्रबार सम्पन्न उद्घाटन खेलमा आयोजक उर्लाबारी भेट्रान्स फुटबल क्लबलाई एक शुन्यको झिनो अन्तरले पराजित गर्दै बिराटनगरले अन्तिम चारमा स्थान शुरक्षित गरेको हो ।
खेलको शुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेको बिराटनगरका लागि म्यान अफ द म्याच प्रशान्त श्रेष्ठले निर्णायक गोल गरेका थिए । उनले खेलको २३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । पराजयसँगै उर्लाबारी भने खेलबाट बाहिरिएको छ । उर्लाबारीले उत्कृष्ट खेल प्रदर्शन गरेपनि आँफूले पाएका अबसर सदुपयोग गर्न नसक्दा आयोजक उर्लाबारी बाहिरिएको हो । शनिबार उपाधि चुम्नलाई दाबेदार धरान उपमहानगरपालिका सुनसरी र शिवसत्ताक्षी नगरपालिका झापा बिच भिड्नेछन् । राधिका माविको खेलमैदानमा जारी प्रतियोगिताको विजेताले नगद ७५ हजार र उप(विजेताले नगद ५० हजार रुपैयाँ हात पार्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय