उर्लाबारी १३ माघ
मोरङको पर्यटन क्षेत्र उर्लाबारी नगरपालिकाको बेतिनि सिमसार स्थित ूसंसारका उत्पिडित महिलाहरु एक हौू भन्ने मुल नाराका साथ अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मोरङ जिल्ला भरीका महिला भेला भएकाहुन् ।
यही अवसरमा आयोजनामा महिला संघले राजनितिक भेटघाट तथा वनभोज कार्यक्रम समेत आयोजना गरेको हो । यसबिच नयाँ पार्टी प्रवेश चिनजान, रमाइलो गर्ने, सुखदुःखका कुरा आदानप्रदान र अझ ससक्त रुपमा अघि बढ्नुपर्ने जस्ता कुराहरु रहेको कार्यक्रम आयोजकले जानकारी दिए । यसै कार्यक्रम बिच नेकपा एमाले पार्टी त्याग गरि पुनस् राजेन्द्र पौडेल नेकपा माओवादी केन्द्र पार्टीमा प्रवेश गरेका छन् ।
अन्य प्रदेश भन्दा १ नम्बर प्रदेशमा सरकार फुटाउन सड्यन्त्र भइरहेको, आगो र पानी प्रबृत्ति भइरहेको, फुटाउ र शासन गर प्रबृत्ति चलखेलबाट सावधान हुन आग्रह गरे । मुलुकको स्वाधीनतामा सबै पार्टी एक ढिक्का भएर अघिबढेमा र राष्ट्रिय सहमति भए मात्रै देश बन्नसक्ने केन्द्रीय महासचिव देव गुरुङ्गको भनाइ संगै हरेक क्षेत्रबाट आत्मनिर्भर हुनुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्र पार्टीका केन्द्रीय महासचिव देव गुरुङ्ग, विशिष्ट अतिथिहरुमा प्रदेश सह-इन्चार्ज सावित्रीकुमार काफ्ले (समर), केन्द्रीय सदस्य पूर्व सभामुखरमन्त्री बाबुराम गौतम, अतिथिहरुमा अनेम संघ क्रान्तिकारी केन्द्रीय सचिव तथा प्रदेश माननीय गीता तिम्सिना, अनेम संघ क्रान्तिकारी केन्द्रीय सचिव विनिता घिमिरे (सपना), प्रदेश १ पार्टी अध्यक्ष हर्कबहादुर नेम्वाङ, केन्द्रीय सदस्य बिशेन्द्र चेम्जोङ, केन्द्रीय सदस्य ममता ताजपुरीया, प्रदेश सचिव तथा प्रदेश माननीय गणेश उप्रेती, अनेम संघ क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य लता न्यौपाने, कर्मचारी फ्याकशन इन्चार्ज नरमाया भट्टराई, वेलायत प्रवास कार्यसमिति प्रतिनिधि मिलन नाल्बो रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय