उर्लाबारी २ फागुन
मोरङको उर्लाबारी-८ निवासी कमल लिङ्थेप हाल हङकङमा कार्यरत उनले शान्तिक्षेत्र आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई एक सयवटा ब्याग वितरण गरेको छ ।
ब्याग वितरणको सहजिकरण भने अभियानता वा समाजसेवी रुद्रबहादुर तामाङले गरेका थिएभने स्व. बेलवहादुर र नरमाया लिङ्थेप कोषको तर्फवाट छोरा कमल लिङ्थेपबाट सो ब्याग विद्यालयका विद्यार्थीलाई सहयोग गरेका हुन । त्यस्तै गणेश रेग्मि झोला फ्याक्ट्रीको तर्फवाट एक सय प्याकेट थान पेन्सिल सहयोग गरे । निकै लामो समयदेखि हङकङमा कार्यरत लिङ्थेप विदेशी भूमीमा रहेपनि आफ्नो गाउघर, ठाउँ र देशकालागि सकेको सहयोग गरेको बताउँछन् । यस अघि उनले युवा प्रतिभा प्रस्फुटन कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् भने उर्लाबारी-८ को शान्ति क्षेत्र आधारभूत विद्यालयमा बुवाआमाको नाममा ५१ हजार १ सय ३१ रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् ।
यस्तै, उर्लाबारी-१ को शारदा माध्यमिक विद्यालयमा ५० हजार युवा प्रतिभा कोषमा सहयोग गरेका छन् । विद्यार्थीहरुलाई स्वीटर, आर्थिक रुपले विपन्न बिरामीहरुको उपचार, सामाजिक सेवाका कामहरु लगायत धेरैमा उनले सकेको आर्थिक सहयोग गरिरहेका छन् ।
हालसम्म उनले ४० लाखभन्दा बढी सहयोग नेपालमा पठाइ सहयोग गरिसकेका छन् । गरीब तथा विपन्न वर्गका व्यक्तिहरुको पीर, मर्का र समस्यालाई आफ्नै ठानेर सहयोगी भावना राख्ने उनि सामाजिक कार्यहरुमा सदैव अग्रसर भएको प्रष्ट छ । सामाजिक कार्य गर्दा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाज र राष्ट्रको हितमा लाग्नु पर्ने उनि बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय