उर्लाबारी ३ फागुन
मोरङको साविक राजघाट हाल उर्लाबारी स्थायी घर भएका हाल रोजगारको शिलशिलामा हङकङ पुगेका युवाहरुले आफू जन्मे हुर्केको गाउँका बासिन्दालाई अस्पताल सम्मको पहुँचमा सहज बनाउन आर्थिक संकलनगरि एम्बुलेन्स प्रदान गरेको छ ।
उर्लाबारी नगरपालिका हङकङ परिवारले २५ लाख ५० हजार रुपैंयाँ सङ्कलन गरी पठाएको पैसाले खरिद गरेको एम्बुलेन्स नगरको वडा नं. ९ ले सञ्चालन थालेको हो । माघ १४ गते बाट एम्बुलेन्स सेवा सुरु गरिएको वडाध्यक्ष नरबहादुर मोक्तानले जानकारी दिए । वडाध्यक्ष मोक्तानका अनुसार एम्वुलेन्सले विपन्न परिवारलाई नि:शुल्क सेवा दिने बताए । नगरको कार्यविधि निर्माण भएपछि विपन्न परिवार परिचय वितरण गरिएकालाई नि:शुल्क र अन्य सर्वसाधरणलाई २० प्रतिशत छुटमा एम्वुलेन्स सेवा दिइने भएको छ ।
एम्वुलेन्स खरिदका लागि हाल हङ्कङमा कार्यरत उर्लाबारी ९ का याम सेम्बुले ५ लाख ३० हजार १ सय ७६ रुपैंया सहयोग गरे भने सेम्बु र साङ्गेहाङ्ग तुम्बाहाम्फेको सक्रियतामा एम्वुलेन्स खरिद गर्न रकम जुटइएको हो । एम्वुलेन्स संचालनकालागी चालक र इन्धन खर्च उर्लाबारी नगरपालिकाले ब्यहोर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय