उर्लाबारी २४ फागुन
मोरङको उर्लाबारी ९ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको उर्लाबारी ९ वडा कमिटीले एतिहासिक दोश्रो वडा अधिवेशन सम्पन्न गरेको छ ।
कोशी प्रदेशका खानेपानी तथा सिचाइ मन्त्री माननीय नारायण बुर्जा मगरको प्रमुख आतिथ्यमा उर्लाबारी ९ को दोश्रो वडा अधिवेशन सम्पन्न भएको हो । नरेन्द्र पौडेलको अध्यक्षतामा ११ जनाको वडा समिति चयन भएको छ जसमा उपाध्यक्ष हेम कुमारी श्रेष्ठ, सचिव दुर्गा बहादुर पौडेल, सह सचिव बड्कु मर्डी, कोषाध्यक्ष मिनामाया राई, सदस्यहरुमा राजेश लिम्बू, हरि खवा, तेनहाङ नाल्बो, निर्मला टुडु, फुलमुनि टुडु, मरिया मुर्मु सर्व सम्मत चयन भएको हो । त्यस्तै सल्लाहकार समितिमा नरेन्द्र देवान संयोजकमा ५ सदस्यीय समिति समेत गठन गरे जसमा सदस्यहरु भक्त कुमार योन्जन, गिता भुषाल, दिल कुमारी चौधरी र लिला वहादुर खड्का सर्वसम्मत चयन भएको थियो ।
उक्त कार्यक्रममा प्रदेश नम्बर १ का पुर्व सांसद कुल प्रसाद साम्बा ९कुशल०, उर्लाबारी माओवादी केन्द्रका अध्यक्ष गजेन्द्र दङ्गाल, आदिवासी जनजाति उर्लाबारी नगर समन्वय समितिका अध्यक्ष शमशेर लिम्बू, नगर सचिव पवन चौधरी, वाइसीएल मोरङ जिल्ला इन्चार्ज दिपक आले मगर को उपस्थित रहेको थियो । उर्लाबारी ९ का विभिन्न पार्टी परित्याग गरी ५० जना भन्दा धेरै उक्त अधिवेशनबाट नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा प्रवेस गरेको हो । पार्टी प्रवेश गर्नेलाइ प्रदेश नम्बर १ का खानेपानी मन्त्री माननीय नारायण बुर्जा मगर, उर्लाबारी नगर कमिटी अध्यक्ष गजेन्द्र दङ्गाल पुर्व प्रदेश सांसद कुल प्र। साम्बाले पार्टी मा स्वागत गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको उर्लाबारी ९ वडा कमिटीका अध्यक्ष बासु अधिकारीको सभापतित्वमा भएको र कार्यक्रम भने अमर सेलिङले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय