उर्लाबारी २४ फागुन
धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिको आयोजनामा हरेक वर्ष धिमाल जातिको मौलिक खाना, संस्कतिको प्रचारप्रसार र प्रवर्धन गर्न यसवर्ष मोरङको पथरीशनिश्चरे नगरपालिकामा चिचिरी, गेन्द्रो दिवस मनाउने भएको छ ।
यस पटक पथरीमा सँस्कृति, मौलिकता र स्वस्थ खानाू भन्ने नाराका साथ चौथो चिचिरी, गेन्द्रो दिवस २०८० यहि फागुन २६ गते शनिवार श्री शान्ति भुल्के सिमसारमा आयोजना गर्ने पत्रकारसम्मेलन मार्फत जानकारी गराए ।
धिमाल परिकार स्टलमा धिमाल जातिको मौलिक खानाहरु चिचिरी, गेन्द्रो, तोले, चुदुर, पायाको बिहा, गोरा, हाया लगायतका परिकारहरु पाईनेछ विज्ञप्तिमा उल्लेख छ ।
करिब ५ लाख रुपैयाँ बजेट खर्च हुनेछ, भने दुई हजार भन्दा बढि दर्शकको सहभागीता रहने अनुमान गरेका छौ । सो अवसरमा विभिन्न कलाकारहरुको उपस्थितिमा साँस्कृतिक तथा साङ्गेतिक कार्यक्रम पनि हुनेछ । सो कार्यक्रममा गायिका रचना रिमाल, गायकहरु डिकबहादुर धिमाल, सन्जिव धिमाल, सुरेश धिमाल, राजेश धिमाल, हास्य कलाकार बिक्रम धिमाल लगायतको प्रस्तुति रहने समेत आयोजकले जानकारी दिए ।
यस अघि झापाको दमकमा पहिलो संस्करण, मोरङको उर्लाबारीमा दोस्रो संस्करण र मोरङको बेलबारीमा तेस्रो संस्करण सफलता पुर्वक सम्पन्न गरेको र प्रथम जाति धिमाल समुदायको एक मात्र गौरवशाली संस्था धिमाल जातिय विकास केन्द्र मानिन्छ । कार्यक्रममा पथरीशनिश्चरेका राजनीतिक दल, सामाजिक संघरसंस्था, शैक्षिक संस्था, उद्योगी, व्यवसायी, पत्रकार लगायत सम्पुर्ण महानुभावहरुलाई यसै पत्रकार सम्मेलन मार्फत सहयोगको अपेक्षा समेत गर्दछौ । केन्द्रको केन्द्रीय सह अध्यक्ष केदार धिमालको संयोजकत्वमा हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय